सल्यानका २१ वडाको मतगणना : कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी — OSNepal

सल्यानका २१ वडाको मतगणना : कांग्रेस १०, माओवादी ७ र एमाले ४ वडामा विजयी

LC (KTM) May 15, 2022 0

सुर्खेत, १ जेठ-सल्यानका ८३ वडामध्ये २१ वटा वडाको मतगणना सकिएको छ । मतगणना सम्पन्‍न भएका २१ वडामध्ये कांग्रेस १०, माओवादी ७ र एमाले ४ वटा वडामा विजयी भएको छ ।

कांग्रेस : शारदा नगरपालिका-१ मा प्रदीप पाण्डे, २ मा सविन हमाल, ३ मा तुलसा भण्डारी वडाध्यक्षमा विजयी भएका छन् ।

बागचौर नगरपालिका-१२ मा टीकाराम ओली, ११ मा केशबहादुर भण्डारी, बनगाड कुपिण्डे-१ मा थुमबहादुर बिसी, १२ मा लालबहादुर घर्ती, छत्रेश्वरी-१ मा प्रकाश हमाल, त्रिवेणी-१ मा दलबहादुर बस्नेत र कुमाख-२ मा इश्वरी शाही वडाध्यक्षमा निर्वाचित भएका छन् ।

माओवादी केन्द्र : कुमाख-१ मा डिल्ली राना, ६ मा कर्णबहादुर विक, ७ मा डम्बर शाही, दार्मा-१ मा टंक ओली, सिद्ध कुमाख-१ मा रमेश चलाउने, छत्रेश्वरी-२ मा प्रेम नेपाली र कपुरकोट-१ मा बालाराम खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

एमाले : कालीमाटी-४ मा बेलबहादुर चन्द, ५ मा टोपबहादुर कार्की, त्रिवेणी-२ मा हस्त बहादुर राम्जा र कपुरकोट-२ मा इश्वरी बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर