भाईलाई हराउँदै दाई बने वडाध्यक्षमा निर्वाचित — OSNepal

भाईलाई हराउँदै दाई बने वडाध्यक्षमा निर्वाचित

LC (KTM) May 15, 2022 0

इलाम १ जेठ । इलामको रोङ गाउँपालिका वडा नम्बर १ भाईलाई हराउँदै दाजु निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका मनोहरि खड्काले नेकपा एमालेबाट उम्मेदवार दिएका भाई मनोज खड्कालाई सय भन्दा बढी मतले पराजित पारेका हुन् ।

मनोहरिले ६१० मत पाएका थिए भने मनोजले ४८८ मत पाएर पराजय भएका हुन् । वडा सदस्यमा भने एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसका सदस्य विजयी भएका छन् ।

त्यसै गरी, जिल्लाको वडा नम्बर १ मा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार सुवास तामाङले ६९७ मत पाउँदा एमालेको मेहरमान तामाङले ४८४ मत ल्याएका छन् । उपाध्यक्ष पदमा पनि नेपाली कांग्रेसले नै अग्रता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर