तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित — OSNepal

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै निर्वाचित

LC (KTM) May 15, 2022 0

काठमाडौं १ जेठ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटाले ८५८ मत ल्याउँदै जित हासिल गरेका छन् । उनका प्रतिस्र्धी नेपाली कांग्रेसका उम्मेदवारले ७९८ मत ल्याएका पराजित भएका हुन् ।

त्यसैगरी, मेयरमा बुढानिलकण्ठ १ मा एमालेले ८२३ मत प्राप्त गरेको छ । कांग्रेसका उम्मेदवारले ८१७ मतमात्र प्राप्त गरेको छ ।

उपमेयरमा पनि एमालेका उम्मेदवार ८६२ मत प्राप्त गर्दा कांग्रेसले ८०४ मत मात्र प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर