म्याग्दीमा सकियो १७ वडाको गणना, एमाले अग्रस्थानमा — OSNepal

म्याग्दीमा सकियो १७ वडाको गणना, एमाले अग्रस्थानमा

LC (KTM) May 15, 2022 0

पोखरा, १ जेठ-म्याग्दीका ६ पालिकाका १७ वडामा गणना सकिएको छ । यहाँ ४५ वटा वडा छन् । नतिजा आएका वडामध्ये १० वटामा एमालेले जितेको छ भने कांग्रेसले ५, माओवादीले २ वडा जितेको छ । धौलागिरि गाउँपालिका १ मा माओवादीका झकबहादुर छन्त्याल निर्विरोध भएका छन् ।

यस्तै, मालिका १ मा कांग्रेसका टंकप्रसाद पुन, २ मा एमालेका उदयकुमार बुढाथोकी, वडा नम्बर ३ मा माओवादीका मोतीप्रसाद बुढा, ४ मा कांग्रेसका भिजेन्द्रमान पुन र ५ मा कांग्रेसका मीम पुन निर्वाचित भए ।

अन्नपूर्ण गाउँपालिका १ को अध्यक्षमा एमालेका दिलीपकुमार गर्बुजा, वडा नम्बर २ मा पनि एमालेकै ओमप्रकाश फगामी र ३ एमालेका रमेश पुर्जा निर्वाचित भएका छन् । बेनी नगरपालिकाको वडा नम्बर १ मा एमालेका टेकबहादुर थापा, वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।

यस्तै, रघुगंगा गाउँपालिका १ को अध्यक्षमा कांग्रेसका बिलप्रसाद फगामी र २ मा एमालेका अमृत भण्डारी, वडानम्वर ३ एमालेका खिम शाही विजयी भएका छन् । मंगला गाउँपालिका १ मा एमालेका एकजित रोका र २ मा सोही पार्टीका धनबहादुर खाती क्षेत्री विजयी भएका छन् ।

धौलागिरि गाउँपालिका २ लुलाङको अध्यक्षमा एमालेका अकप्रसाद विक निर्वाचित भएका छन् । ६ वटै स्थानीय तहको मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर