विराटनगरको मेयरमा करिब १ हजार मतान्तरले नागेश कोइराला अगाडी , उपमेयरमा भने एमालेकी शिल्पा कार्की अग्रस्थानमा — OSNepal

विराटनगरको मेयरमा करिब १ हजार मतान्तरले नागेश कोइराला अगाडी , उपमेयरमा भने एमालेकी शिल्पा कार्की अग्रस्थानमा

LC (KTM) May 15, 2022 0

विराटनगर १ जेठ । विराटनगर महानगरपालिकाको मेयर पदका नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले आफ्नो अग्रता कायमै राखेका छन् ।

नागेशले अहिले सम्म २५८३ प्राप्त गरिसकेका छन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका सागर थापाले मात्र १६१५ ल्याएका छन् ।

यता मेयर पदका स्वतन्त्र उम्मेदवार उमेश यादवले ७१५ मत पाएका छन् । उपमेयरमा भने एमालेकी शिल्पा कार्कीले १८९६ मत ल्याउँदै अग्रस्थानमा आएकी छन् ।

साथै, जसपा उम्मेदवार अमरेन्द्र यादवले १३२३ मत रस्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ४०९ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर