कांग्रेसबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले बढाए मतान्तर — OSNepal

कांग्रेसबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका मनोज साहले बढाए मतान्तर

LC (KTM) May 15, 2022 0

जनकपुधाम १ जेठ । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा वागी उम्मेदवार दिएका मनोज साहले पछिल्लो मतपरिणाम अनुसार आफुलाई अग्रस्थानमा राख्न सफल भएका छन् ।

पछिल्लो मतगणना अनुसार साहले १ हजार २६४ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसबाट राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका साहले सत्ता गठवन्धनबाटै मेयरमा उम्देवारी दिएका लालकिशोर साहलाई फराकिलो मतान्तरले पछाडि पारेका छन् ।

लालकिशोरले अहिले सम्म १ सय ९६ मत ल्याएका छन् । यता लोसपाका उम्मेदवार मनोज चौधरीले १ सय ६४ मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार शिवशंकर साह ‘हिरा’ ले भने ६३८ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर