एमालेको पकड रहेको क्षेत्रमा पनि बालेनलाई मत — OSNepal

एमालेको पकड रहेको क्षेत्रमा पनि बालेनलाई मत

LC (KTM) May 15, 2022 0

काठमाडौं १ जेठ । पछिल्लो मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत ल्याउँदै आफ्नो अग्रता कायमै राखेका छन् ।

महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना अनुसार बालेनले २६०१ मत पाएका हुन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा नकेपा एमालेका केशव स्थापितले भने १४२७ मत पाएका छन् ।

गठवन्धनबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी सिंजना सिंहले भने १३५९ मत पाएकी छन् ।

गएको २०७४ सालको निर्वाचनमा १, २, ३, ४ र ३२ मा एमालेले वडा अध्यक्ष जितेको थियो । यसरी हेर्ने हो भने बालेनलाई एमालेको पकड भएको स्थानबाट पनि मत प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर