रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना जारी, तीनवटामा एमाले र दुईमा कांग्रेसको अग्रता — OSNepal

रसुवाको पाँचवटै गाउँपालिकामा मतगणना जारी, तीनवटामा एमाले र दुईमा कांग्रेसको अग्रता

LC (KTM) May 15, 2022 0

रसुवा, १ जेठ -रसुवाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । स्थानीय तह निर्वाचनको शुक्रबार भएको मतदानको जिल्लाको पाँचवटै गाउँपालिकामा मतगणनाको कार्य जारी छ । तीनवटा पालिकामा एमाले र दुईवटामा कांग्रेसको अग्रता छ ।साढे १२ बजेसम्मको तथ्यांकअनुसार उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकामा एमाले तथा कालिका र नौकुण्ड गाउँपालिकामा कांग्रेसको अग्रता छ ।

कालिका गाउँपालिकामा अध्यक्षमा १२ सय ५४ मतसहित कांग्रेस अगाडि छ । एमालेको ११ सय ४९ मतसहित दोस्रो र ११ सय ३६ मतसहित माओवादी तेस्रो स्थानमा छ । उपाध्यक्षमा १६ सय २८ मतसहित कांग्रेस पहिलो, नाै सय तीन मतसहित एमाले दोस्रो र ५ सय ६८ मतसहित एकीकृत समाजवादी तेस्रो छ ।

आमाछोदिङ्मोको अध्यक्षमा नाै सय ४३ मतसहित एमाले पहिलो, नाै सय २८ मतसहित कांग्रेस दोस्रो र तीन सय ६२ मत ल्याएर माओवादी तेस्रो छ । उपाध्यक्षमा आठ सय ४५ मतसहित कांग्रेस पहिलो, ६ सय ३३ मतसहित माओवादी दोस्रो र ६ सय २८ मतसहित एमाले तेस्रो स्थानमा छ । उत्तरगयामा अध्यक्षमा १४ सय ५७ मतसहित एमाले पहिलो र १२ सय ५४ मतसहित कांग्रेस दोस्रो छ । उपाध्यक्षमा १५ सय ३५ मतसहित एमाले पहिलो र १२ सय ५० मतसहित कांग्रेस दोस्रो स्थानमा छ ।

नौकुण्डको अध्यक्षमा १४ सय ५७ मतका साथ कांग्रेस पहिलो र नाै सय ३५ मतका साथ एमाले दोस्रो छ । उपाध्यक्षमा आठ सय ४३ मतसहित एमाले पहिलो र ६ सय ८१ मतसहित जनता समाजवादी पार्टी तेस्रो स्थानमा छ । गोसाइँकुण्डको अध्यक्षमा नाै सय ४४ मतका साथ एमाले पहिलो र नाै सय पाँच मतसहित कांग्रेस दोस्रो स्थानमा छ । उपाध्यक्षमा नाै सय ७२ मतका साथ एमाले पहिलो र आठ सय ७७ मतका साथ कांग्रेस दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर