गोदावरीको मतगणनामा अव्यवस्थित भएकाे आराेप — OSNepal

गोदावरीको मतगणनामा अव्यवस्थित भएकाे आराेप

LC (KTM) May 15, 2022 0

ललितपुर, १ जेठ-ललितपुरको बज्रबाराहीस्थित गोदावरी नगरपालिकामा जारी मतगणना अव्यवस्थित भएकाे आराेप लागेकाे छ । मतगणनास्थलमा पुगेका पत्रकारहरूलाई सूचना नदिएकाे, मतगणना स्थलमा पत्रकारलाई प्रवेश निषेध गरेकाे, तस्बिर खिच्न नदिएकाे जस्ताे आराेप लागेकाे छ ।

दिनभर मतगणना स्थलमा बसे पनि प्रहरीले प्रवेश नदिएको अन्नपूर्ण पोष्टका फोटो पत्रकार अशोक दुलालले बताए । उनले भने, ‘मतगणनाको तस्बिर खिच्न त के भित्र पसेर शान्त ठाउँमा बसेर तस्बिर पठाउन पनि पाइएन ।’

यस्तै थाहा सञ्चारका पत्रकार नवीन लुइटेलले पनि व्यवस्थापनले अपमानजनक व्यजहार गरेकाे आराेप लगाए । उनले भने, ‘पत्रकारलाई मत परिणामबारे जानकारी दिँइदैन । मतगणनास्थलमा रहेका कार्यकर्ताकाे फेसबुक स्टाटस हेरेर समाचार पुष्टि गर्नुपर्छ । निर्वाचन आयोगले आधिकारिक तथ्यांङ्क नै दिँदैन ।’

नगरपालिकाले लाखौं खर्चेर डिजिटल डिस्प्ले राखे पनि मतगणनाको परिणाम डिस्प्लेमा देखाएको छैन । माइकबाट मतगणना भन्दा पनि पटक पटक माइक बिग्रने हुँदा सर्वसाधारण सूचनाबाट बन्चित बनिरहेका छन् ।

नगरपालिकाले चार पाँच घण्टा फरकमा मत परिणाम सुनाउने गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर