४५ सांसदहरुको समर्थन भएको सरकारलाई विश्वासको मत लिन आवश्यक छैन :मुख्यमन्त्री पोखरेल — OSNepal

४५ सांसदहरुको समर्थन भएको सरकारलाई विश्वासको मत लिन आवश्यक छैन :मुख्यमन्त्री पोखरेल

LC (KTM) June 13, 2021 0

काठमाडौँ ३० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ बमोजिम बनेको सरकारको लागि विश्वासको मत आवश्यक नभएको बताएका छन् । आज आइतबार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पक्षमा नेकपा एमालेका ३९ जना र जनता समाजवादीका ६ जना गरी ४५ जना सांसदको समर्थन रहेको दाबी गरेका हुन् ।

मुख्यमन्त्रीले पोखरेलले भने, ‘विमलाजीको दल परिवर्तन गर्न मिल्दैन । जनता समाजवादीका ४ जना सरकारमै हुनुहुन्छ । राजनीतिक बहुमत यही हो ।प्रदेशसभा सचिवालय र सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका मुख्यमन्त्री पोखरेलले ’दल विभाजन पनि नहुने एक पनि नहुने हुँदा उपधार २ कार्यान्वन नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर