उत्तर कोरियामा थप २ लाख ६९ हजारमा ज्वरो — OSNepal

उत्तर कोरियामा थप २ लाख ६९ हजारमा ज्वरो

LC (KTM) May 17, 2022 0

प्याेङयाङ, ३ जेठ:

उत्तर कोरियाले कोभिडका कारण थप ६ जनाको मृत्यु भएको छ । राज्यको आपतकालीन महामारी रोकथाम मुख्यालयले थप २ लाख ६९ हजार ५१० जनामा ज्वरोको लक्षण देखिएको जनाएको छ । उनीहरू सबैलाई कोभिड भएको अनुमान गरिएको छ । हालम्म १४ लाख ८३ हजारमा यस्तो लक्षण देखिएको छ । सोमबार साँझसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ५६ थियो ।

सेनाको मेडिकल समूहलाई राजधानी प्योङयाङमा औषधिको आपूर्ति सुधार गर्न पठाइएको जनाइएको छ । हाल प्योङयाङ महामारीको मुख्य केन्द्र बनेको छ । उत्तर कोरियाली नेता किम जोङ उनले कोभिड नियन्त्रणका लागि तत्काल कदम चाल्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।

समूहको उदेश्य राजधानी प्योङयाङमा व्याप्त जनस्वास्थ्य संकटलाई कम गर्ने रहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर