कोरोनाका कारण उत्तर कोरियामा १० लाख भन्दा बढी बिरामी , नेता किमले दिए यस्तो कडा आदेश — OSNepal

कोरोनाका कारण उत्तर कोरियामा १० लाख भन्दा बढी बिरामी , नेता किमले दिए यस्तो कडा आदेश

LC (KTM) May 17, 2022 0

उत्तर कोरियामा कोभिड संक्रमणको घटना तीव्र रूपमा फैलिने क्रम सुरु भएको छ । कोरोनाको महामारी चलिरहदा सुरक्षित रहेको उत्तर कोरियामा यतिबेला कोरोना फैलिए पछि सर्वोच्च नेता किम जोङ उनले कडा निर्देशन जारी गरेका छन् । उनले स्वास्थ्य अधिकारीहरूलाई गाली गर्दै सेनालाई तत्काल औषधि वितरणमा सहयोग गर्न निर्देशन दिएका छन् । अहिले उत्तर कोरियामा दस लाख भन्दा बढी मानिस बिरामी परेका छन् ।

प्योङयाङले यसलाई ज्वरोको संज्ञा दिएको सरकारी संचार माध्यम केसीएनए समाचार एजेन्सीले जनाएको छ । अहिलेसम्म ज्वरो आएको भनिएका पचास जनाको मृत्यु भइसकेको छ । तीमध्ये कतिजनामा कोभिड पोजिटिभ देखिए भन्ने स्पष्ट खबर आएको छैन । उत्तर कोरियासँग कोभिड परीक्षण गर्ने क्षमता पनि सीमित भएकै कारण यकिन तथ्यांक बाहिर आउन सकेको छैन । उत्तर कोरियामा अहिले राष्ट्रव्यापी लकडाउन गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर