प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण — OSNepal

प्रदेश १ सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

LC (KTM) June 13, 2021 0

युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाले प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।परियोजना बाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ ।

६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा कन्सनट्रेटर रहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्रका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो । यस्तै युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको शाहले बताउनुभयो ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणमा सवैको सहयोग आवस्यक रहेको बताउनुभयो । सवै पक्षको सहयोगमा कोरोना संक्रमण नियन्त्रण गर्न सकिने मन्त्री राईले बताउनुभयो । सहयोगी संस्थाहरुलाई आगामी दिनमा पनि सहयोगका लागि आग्रह गर्नुभयो । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा युएनडिपीका धनबहादुर चन्द, युएसएआडीको सुआहारा परियोजनाका प्रदेश संयोजक सुभाष गौतम लगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर