एनआरएनए निर्वाचन : आइसिसी सदस्यमा उम्मेदवारी दिएका उत्तमकुमार कार्की भन्छन् 'सँधै माया पाए, यो पटक झनै पाउनेछु' — OSNepal

एनआरएनए निर्वाचन : आइसिसी सदस्यमा उम्मेदवारी दिएका उत्तमकुमार कार्की भन्छन् ‘सँधै माया पाए, यो पटक झनै पाउनेछु’

LC (KTM) May 11, 2021 0

क्यालिफोर्निया, अमेरिका । एनआरएनए अमेरिकाको निर्वाचनले अहिले माहोल तातिरहेको छ । यो माहोलमा सनफ्रान्सिस्कोका उत्तमकुमार कार्कीको चर्चा सर्वत्र छाएको छ । मतदाताहरुले बाक्लो उमेदवारहरुको भिडमा योग्य उम्मेद्धवार छान्दा आँफु नछुट्ने आइसिसी सदस्यमा उम्मेदवारी दिएका उत्तमकुमार कार्की बताउँछन् । ओएस नेपालसँगको कुराकानीका क्रममा उनले गैरआवासीय नेपालीका समस्या समाधान गर्नमा आँफु जस्ता ब्यक्तिहरुको खाँचो भएको दाबी गरे । कार्कीले आँफुले निर्वाचन जितेको खण्डमा नेपाली नागरिकताको मुद्दालाई प्राथमिकताका साथ उठाउने फेरी पनि दोहोर्याए ।

लामो समयदेखि नेपाली नागरिकताको मुद्दालाई प्राथमिकताका साथ उठाउँदै आएका कार्की भन्छन् मेरो अहिले एउटा कुरा बोल्ने भोली कुरा फेर्ने बानी नै छैन, बोलेको कुरा पुरा गर्ने हो भनेको कुरा म गरेकै छाड्छु । दर्जनौं संघ संस्थामा रहेर अमेरिकामा बस्ने नेपालीहरुको हक अधिकारका लागि लडिरहेका कार्की सान्फ्रान्सिस्को क्षेत्रको सबैभन्दा पूरानो नेपाली सामुदायीक संस्था न्यान्सका पुर्व अध्यक्ष समेत हुन् । त्यति मात्रै होइन, नेपाली सामुदायीक केन्द्र, नेपालीज कम्युनिटी सेन्टरको समेत पूर्व अध्यक्ष हुन् । उनी एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार हुन् भने नेपाली जनसम्पर्क समिति अमेरिकाको पनि सल्लाहकार हुन् ।

राष्ट्रिय स्तरका संस्थाहरुमा सल्लाहकार समेत रहेका कार्कीले नेपाली सामुदायिक केन्द्र स्थापनार्थ आयोजित दुई दुई वटा महापुराणमा मुख्य भूमिकामा रहेर आफ्नो योगदा दिइसकेका छन् । अमेरिका बसाईको लामो यात्रामा प्रेसिडेन्ट भोलन्टियर सर्भिस अवार्ड २०१४ का गोल्ड मेडलिस्ट कार्कीले सबै अमेरिकामा बसोबास गर्ने नेपाली दिदी बहिनीहरुको मायाले गर्दा आँफु आजको स्थानमा पुगेको गर्वका साथ बताउँछन् । भन्छन् मलाई माया गर्ने आमा बुबा दाजु भाई तथा दिदी बहिनीहरुले मैले सहयोग मागेको बेला फेरी पनि पत्याउनुहुनेछ । आशा छ मैले मागेको भोट खेर पक्कै जाँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर