अमेरिका र मेक्सीको सिमा क्षेत्रमा भेटियो लागु औषध ओसार पसार गर्ने अचम्मको सुरुङमार्ग — OSNepal

अमेरिका र मेक्सीको सिमा क्षेत्रमा भेटियो लागु औषध ओसार पसार गर्ने अचम्मको सुरुङमार्ग

LC (KTM) May 18, 2022 0

अमेरिका र मेक्सीको सिमा क्षेत्रबाट गोप्य रुपमा ठुलो मात्रामा लागु औषध कारोबार हुने गरेको छ । हरेक दिन प्रहरी र तस्कर बीच भिडन्त समेत हुने गरेका खबरहरु सुनिने गरेको छ । त्यहाँ प्रहरीले सधै उच्च निगरानी राख्ने गरेको छ । यसैक्रममा अमेरिकी अधिकारीले सोमबार ड्रग्स तस्करी गर्ने एउटा उच्च स्तरीय प्रविधिको प्रयोग गरिएको सुरुङमार्ग भेटेको छ । यो सुरुङ सीमा क्षेत्रमा निक्कै गहिराइमा मेक्सिकोबाट अमेरिकास्थित एक गोदामसम्म जोडिएको पाइएको छ ।

मेक्सिकोको सान डियागोस्थिति टिजुयानाबाट सुरु भएको सुरुङ निक्कै व्यवस्थित रहेको प्रहरी अधिकारीले जानकारी दिएका छन् । सुरुङभित्र रेलमार्ग, भेन्टिलेसन प्रणाली, बिजुलीको व्यवस्था थियो भने त्यसका भित्ताहरू बलियो बनाउने प्रविधि प्रयोग गरिएको थियो । सुरुङ भेटिएको ठाउँमा मेक्सिको र अमेरिकाको सिमानाबीच बलियो पर्खाल छ। पर्खालले जमिनबाट थोरै तल बन्ने सुरुङमार्ग लाई रोके पनि गहिराइमा बन्ने सुरुङलाई रोक्न नसक्ने देखिएको छ ।

त्यस्तै सो सुरुङ भेटिएकै बेला त्यहाँ क्यालिफोर्नियाको दक्षिणी भेगका ६ तस्कर पनि भेटिएका छन् । प्रहरीले उनीहरूको साथ बाट ७९९ केजी कोकिन, ७५ केजी मेथ र १.६ किलो हेरोईन जफत गरेको छ । सुरुङमार्ग ५३२ मिटर लामो, ४ फिट चौडाई रहेको छ । यस सुरुङमार्गको गहिराई ६ तल्ले घर भन्दा बढी रहेको प्रहरी अधिकारीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर