काठमाडौँमा बालेनले चमत्कार गरिरहेका बेला बालेनलाई पुत्री लाभ, शुभ संकेत भन्दै बधाई दिनेको ओईरो — OSNepal

काठमाडौँमा बालेनले चमत्कार गरिरहेका बेला बालेनलाई पुत्री लाभ, शुभ संकेत भन्दै बधाई दिनेको ओईरो

LC (KTM) May 19, 2022 0

काठमाडौं ।

काठमाडौँ महानगरका मेयरका उम्मेद्धवार बालेन शाहका सर्मथकहरुका लागि खुशीको खबर आएको छ । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका मेयरका उम्मेदवार बालेन्द्रले काँग्रेस र एमोलाई भारी मतान्तरले लिड गरिरहँदा उनलाई पुत्री लाभ भएको छ ।

बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् । बालेन निकट श्रोतका अनुसार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् । उनका साथीभाइरुले पनि उनलाई शुभ संकेत भन्दै बधाई दिनेहरुको ओईरो लागेको छ ।

यो समाचार तयार पार्दासम्म बालेनले २२ हजार ८ सय ४२ मत पाएका छन् । गठवन्धनको तर्फबाट उम्मेदवार दिएकी नेपाली कांग्रेसकी र्सिजना सिंहले दश हजार नौ सय ८६ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार ७ सय ६९ मत पाएका छन् । बालेनले स्थापित भन्दा ११ हजार ७३ मत बढी पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर