नेपालमा आज कति कोरोना संक्रमित थपिए ? — OSNepal

नेपालमा आज कति कोरोना संक्रमित थपिए ?

LC (KTM) May 19, 2022 0

काठमाडौं, ५ जेठ :

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

३ हजार ६२७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर सक्रिय संक्रमितको सङ्ख्या १५० पुगेको छ । यो अवधिमा थप ९ जना संक्रमणमुक्त भएका छन् ।

यो पनि : हामीले वडामा गुड फाइट गरिरहेका छौं, जित्ने आशा अझै छ : सिर्जना सिंह : काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले जित्ने आस अझै नमरेको बताएकी छन् । राष्ट्रियसभा गृहस्थित मतगणनास्थलमा पहिलोपटक पुगेकी सिर्जनाले आफू जित्ने आशा अझै रहेको बताएकी हुन् ।

‘कतिपय वडामा हामी जितिरहेका छौं, अझै पनि जित्ने आशा छ । वडाहरूमा पनि राम्रै आइरहेको छ । नआएका वडाहरूमा गुड फाइट दिइरहेका छौं,’ सिर्जनाले भनिन् ।

अहिले मतपरिणामलाई आफूले सहज रूपमा लिइरहेको भन्दै मतगणना अझै बाँकी रहेकाले अहिले मत परिणामबारे बोल्दा हतार हुने उनले बताइन् ।

‘मैले सहज रूपमै लिएकी छु । मैले एक भोटको पनि सम्मान गर्छु । त्यो विषयमा मैले ध्यान दिएकी छैन । सबै परिणाम आइसकेपछि बोल्छु,’ उनले भनिन्, ‘अहिले नै मतपरिणामबारे बोल्दा हतार हुन्छ । सकिसकेको वडाहरूमा यो भन्दा राम्रो हुनुपर्थ्याे भन्ने हो । सोचेको भन्दा कहीँ नराम्रो पनि भएको छ कहीँ राम्रो पनि भएको छ ।’

स्वतन्त्र उम्मेदवारले के कारणले बढी मत पाइरहेका छन् भन्ने विषयमा अहिले नै बोल्दा हतार हुने उनले बताइन् । अझै पनि मतगणना बाँकी नै रहेकाले जितबारे अहिले नै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अग्रस्थानमा छन् । दोस्रो स्थानमा एमालेका केशव स्थापित र तेस्रो स्थानमा सिर्जना छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर