२१ वर्षकी नायिका चेतनाले तौल कम गर्न प्लास्टिक सर्जरी गरे लगत्तै सँधैका लागि अस्ताइन् — OSNepal

२१ वर्षकी नायिका चेतनाले तौल कम गर्न प्लास्टिक सर्जरी गरे लगत्तै सँधैका लागि अस्ताइन्

LC (KTM) May 19, 2022 0

काठमाडौं ।अभिनेत्री चेतना राजको २१ वर्षको उमेरमा निधन भएको छ । कन्नड टिभी अभिनेत्री चेतनाले तौल कम गराउने प्लास्टिक सर्जरी गराउनु नै उनका लागि ठूलो समस्या बन्न पुग्यो ।शल्यक्रियामा गरेकै दिनबाट उनको स्वास्थ्यमा समस्या देखिन थालेको र भोलिपल्टदेखि नै उनको फोक्सोमा असर देखिएको भारतीय मिडियामा प्रकाशित समाचारले उल्लेख गरेका छन् ।

उपचारकै क्रममा २१ वर्षकी चेतनाले बेंगलुरुको एक नीजि अस्पतालमा अन्तिम सास फेरिन् । आमा–बुवालाई नै थाहा नदिई शल्यक्रिया गरेकी उनको फोक्सोमा तरल पदार्थ जम्मा हुन थाल्यो । यसैका कारण उनको निधन भयो ।

नायिकाका आमाबुवाले डाक्टरले लापरवाही गरेको आरोप लगाए र अस्पतालको प्रशासनविरुद्ध उजुरी पनि दर्ता गरेपछि यो विषयले ठूलो रुप लिएको बताइन्छ । चेतनाको मृत्युबारे उनका ठूलोबुवाले जानकारी दिएका हुन् ।नायिकाका ठूलोबुवा राजप्पाले भने, ‘उनी मेरा भाइकी छोरी थिइन् । उनी कन्नड टेलिसिरियलमा काम गर्थिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर