हरेक दिन रातको ११ बजे दश किलोमिटर दौडने यी १९ वर्षका प्रदिप को हुन् ? — OSNepal

हरेक दिन रातको ११ बजे दश किलोमिटर दौडने यी १९ वर्षका प्रदिप को हुन् ?

LC (KTM) May 19, 2022 0

काठमाडौं ।रातको ११ बजे १० किलोमिटर दौडेर कामबाट घर फर्कने किशोरको अहिले सर्वत्र चर्चा भइरहेको छ । इन्डियन आर्मी बन्ने सपना बोकेका प्रदिप नाम गरेका किशोर आफ्नो कामबाट १० किलोमिटर टाँढा निवाससम्म रातको ११ बजे दौडदै गर्दाको भिडियो समेत अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

निर्माता विनोद काप्रीले यी अनौठा युवकको काम देखेर पछ्याएपछि यो कुरा बाहिर आएको हो । उनले एक दिन कारबाट फर्कदै गर्दा ति युवकसँग कुरा गरे । उनले ति युवालाई कारमा बस्न भने तर, युवकले दौडेरै घर पुग्ने अचम्को कुरा सुनाए ।

प्रदिप मेयरा नाम गरेका किशोरको अचम्मको दृश्य उनले आफ्नो क्यामेरामा कैद गरे । भारतको उत्तराखण्डका १९ वर्षीय मेयराले हरेक दिन राती दौडिने गरेको रहस्य उनले बाहिर ल्याईदिए । मेयरा नोयडाको बोरला गाउँमा भाईसँग बस्छन् ।

प्रदिपले नोयडा स्थित एमसी डोनाल्डमा काम गर्छन् । उनको काम गर्ने ठाउँ भन्दा उनको घर दश किलोमिटर टाँढा छ । उनका अनुसार उनकी आमा अस्पतालमा भर्ना भएकी छिन् । घरमा पुगेर उनले खाना पकाएर भाईलाई खुवाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर