प्रभास र अभिनेत्री दीपिका पादुकोणको नयाँ चलचित्रमा दिशा पटानीको डन्ट्रि — OSNepal

प्रभास र अभिनेत्री दीपिका पादुकोणको नयाँ चलचित्रमा दिशा पटानीको डन्ट्रि

LC (KTM) May 20, 2022 0

मुम्बई । भारतीय अभिनेता प्रभास र अभिनेत्री दीपिका पादुकोणको नयाँ चलचित्रमा अभिनेत्री दिशा पटानी अनुबन्धित भएकी छन् । नाग अश्विनले निर्देशन गर्ने ‘प्रोजेक्ट के’ मा निर्माण टिमले दिशालाई फाइनल गरेको हो । प्रभास, दीपिका तथा दिशासँगै भारतमा अहिलेसम्मकै महँगो लगानीमा निर्माण हुन लागेको यो चलचित्रमा बलिउड अभिनेता अमिताभ बच्चनको समेत अभिनय रहने जनाइएको छ ।

आइतबार अभिनेत्री दिशाले निर्माताले दिएको बुके र कार्ड इन्स्टामा राख्दै आफू चलचित्रमा आबद्ध भएको जानकारी दिइन् । अभिनेता टाइगर श्राफसँग अफेयरमा रहेको भनिएकी दिशाको यो वर्ष ‘एक भिलेन रिटन्र्स’ र ‘योद्धा’ जस्ता चलचित्र प्रदर्शनमा आउँदै छन् ।

साइफाई विधाको यो चलचित्र बन्नलाई लामो समय लाग्ने बताइएको छ । निर्देशकले प्रत्येक महिना जम्मा ८–१० दिन सुटिङ गर्दै रोक्दै फेरि सुटिङ गर्दै यो चलचित्रको कामलाई अगाडि बढाइरहेका छन् । हरेक पटक फरक सेटमा काम गर्नुपर्ने भएकाले ढिला भएको भारतीय सञ्चार सौर्य दैनिकमा खबर छ । माध्यमले जनाएका छन् । दक्षिण भारतीय चर्चित अभिनेता प्रभासको भर्खरै प्रदर्शनमा आएको चलचित्र ‘राधेश्याम’ बक्स अफिसमा असफल भएको थियो । यस्तै, अभिनेत्री दीपिकाको अमेजन प्राइममार्फत प्रदर्शनमा आएको ‘गहराइयाँ’ ले पनि औसत व्यापार गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर