आज अमेरिकी डलर सहित कुवेती दिनारको भाउ हालसम्मकै उच्च, हेर्नुहोस कुन देशको विनिमय दर कति ? — OSNepal

आज अमेरिकी डलर सहित कुवेती दिनारको भाउ हालसम्मकै उच्च, हेर्नुहोस कुन देशको विनिमय दर कति ?

LC (KTM) May 20, 2022 0

काठमाडौं-नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। सबर्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर र कुवेती दिनारको भाउ हालसम्मकै उच्च रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १२४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १२४ रूपैयाँ ६७ पैसा पुगेको छ ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिददर भने १३० रूपैयाँ ६१ पैसा र बिक्रीदर १३१ रूपैयाँ २४ पैसा पुगेको छ। अघिल्लो दिन युरो एकको खरिददर १३० रूपैयाँ १८ पैसा र बिक्रीदर १३० रूपैयाँ ८१ पैसा पुगेको थियो।। क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ७३ पैसा र बिक्रीदर ९७ रूपैयाँ २० पैसा पुगेको छ।

कुवेती दिनार एकको खरिददर ४०४ रूपैयाँ ७९ पैसा र बिक्रीदर ४०६ रूपैयाँ ७५ पैसा पुगेको छ। बहराइन दिनारको विनिमय दर पनि पछिल्लो पाँच वर्ष यता आज हालसम्मकै उच्च रहेको छ। शुक्रबार बहराइन दिनार एकको खरिदमा ३२९ रूपैयाँ ११ पैसा र बिक्रीमा ३३० रुपैयामा ७० पैसा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर