सारा अली खानसँगको अफेयरको खबरमा कार्तिक आर्यनले मुख खोले — OSNepal

सारा अली खानसँगको अफेयरको खबरमा कार्तिक आर्यनले मुख खोले

LC (KTM) May 20, 2022 0

बलिउड अभिनेत्री सारा अली खान र कार्तिक आर्यनले फिल्म लव आजकल २ मा सँगै काम गरेका थिए । दुबैको केमेस्ट्रीलाई पनि दर्शकले निकै रुचाएका थिए । तर यो फिल्म दर्शकका लागि त्यति खास भएन र फिल्म फ्लप भयो ।अहिले कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘भूल भुलैया २’ मा देखिएका छन् । यसै क्रममा उनले एक अन्तर्वार्तामा अभिनेत्री सारा अली खानसँग आफ्नो सम्बन्धको अफवाहको बारेमा कुरा गरेका छन् ।

दुवैको केमेस्ट्रीलाई निकै मन परेको थियो तर फिल्म फ्लप भयो । त्यसयता दुवैको बारेमा धेरै समाचारहरु बाहिर आएका थिए ।फिल्मको निर्माणदेखि प्रमोशनसम्म सारा र कार्तिकको रोमान्टिक केमेस्ट्रीले सबैको ध्यान तानेको थियो र यी दुई एकअर्कालाई डेट गर्दैछन् भन्ने हल्ला पनि चलेको थियो । तर त्यो हल्ला मात्रै थियो । कार्तिक र साराले आफ्नो डेटिङको खबरमा कहिले पनि केही भनेनन् तर अब अभिनेताले यसबारे मौनता तोडेका छन्। कार्तिकले आफ्नो र साराको सम्बन्धमा के भन्छन् यसका बारेमा हामी तपाई लाई जानकारी दिदैछौ।

एक अन्तर्वार्तामा कार्तिकलाई सोधिएको थियो कि सारासँगको समाचार फिल्मको प्रमोशनको षड्यन्त्र हो कि होइन ? यो प्रश्नको जवाफमा अभिनेता भन्छन्– यो सबै प्रचारात्मक थिएन । म तिमीलाई कसरी बुझाउन सक्छु ? पटक्कै होइन प्रिय, हामी पनि मानव हौं। हामी सबै कुराको प्रचार गर्दैनौं। तपाईहरु गलत बुझ्दै हुनुहुन्छ। सबै कुरा प्रचारात्मक हुँदैन। म यस विषयमा यति मात्र भन्न चाहन्छु।लभ आजकल २ पहिलो फिल्म थियो जसमा सारा र कार्तिकले सँगै काम गरेका थिए । दुबैको केमेस्ट्रीलाई पनि दर्शकले निकै रुचाएका थिए । यो फिल्म फेब्रुअरी १४ २०२० मा रिलिज भएको थियो, त्यसपछि सारा र कार्तिकले एक अर्कालाई इन्स्टाग्रामबाट अनफलो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर