आठ वर्ष अघि यौन हिंसाबाट पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली — OSNepal

आठ वर्ष अघि यौन हिंसाबाट पीडित युवतीको घरमा पुग्यो प्रहरी टोली

LC (KTM) May 20, 2022 0

काठमाडौं ६ जेठ । आठ वर्ष अघि एक सौन्दर्य प्रतियोगितामा आयोजकले एक युवतीलाई गरेको यौन हिंसाको विषय अहिले बारिह आएको छ ।

पिडित युवतीले नै सामाजिक सञ्जाल मार्फत आफु माथि भएको यौन शोषणको घटना एक भिडियो मार्फत सार्वजनिक गरेपछि यति बेला पिडित युवतीको घरमा प्रहरी पुगेको छ ।

भिडियोमा उनले नशालु पदार्थ खुवाएर बलात्कार गरेको छ धम्की दिएर ६ महिना सम्म बलात्कार गरेको बताएकी छन् । जबरजस्ती करणी सम्बन्धी कसूरमा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने हदम्याद रहेको व्यवस्था रहेको छ ।

तथापी, उनको पक्षमा कांग्रेसका महामन्त्री गगन थापाले समेत संसदमा कुरा उठाएका छन् । आज शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनको पक्षमा युवाहरु ले धनौ समेत गरेका थिए ।

उनलाई सहयोग गर्न यतिबेला मानवअधिकारकर्मी र अभियन्ताहरुले उनको खोजी गरिरहेका छन् । प्रहरी टोलीले पिडितलाई भेटेरकुराकानी गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर