हावाहुरीका कारण चितवनमा तीन जनाको दुखद निधन,राजमार्गका सडक अवरुद्ध – OSNepal

हावाहुरीका कारण चितवनमा तीन जनाको दुखद निधन,राजमार्गका सडक अवरुद्ध

LC (KTM) May 20, 2022 0

चितवन, ६ जेठ -जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताउनुभयो । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.

भर्खर