चितवनको भरतपुरमा एमाले शिथिल बन्दै , गठबन्धनकी उम्मेद्धार रेनु दाहाल ३ हजार ५५७ मतले अघि — OSNepal

चितवनको भरतपुरमा एमाले शिथिल बन्दै , गठबन्धनकी उम्मेद्धार रेनु दाहाल ३ हजार ५५७ मतले अघि

LC (KTM) May 20, 2022 0

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फ बाट माओबादी केन्द्रकी रेनु दाहालले आफ्नो अग्रतालाई कायमै राखेकी छिन् । ६३ हजार मतगणना भइसक्दाको अवस्थामा प्रमुख पदकी उम्मेद्धार रेनु दाहालले २४ हजार १०७ मत ल्याएकि छिन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेद्धार विजय सुवेदीले २० हजार ३५० मत ल्याएका छन् ।

रेनु विजयभन्दा ३ हजार ७५७ मतले अगाडी देखिएकी छिन् । त्यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ९५० मत पाएकी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर