सौन्दर्य प्रतियोगितामा किशोरी माथि भएको करणी प्रकरणका बिषयमा प्रहरीको ध्यानाकर्षण , घटनाका छानबिन गर्न ५ सदस्यीय टोली गठन — OSNepal

सौन्दर्य प्रतियोगितामा किशोरी माथि भएको करणी प्रकरणका बिषयमा प्रहरीको ध्यानाकर्षण , घटनाका छानबिन गर्न ५ सदस्यीय टोली गठन

LC (KTM) May 20, 2022 0

बिगत केही दिनदेखि सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भईरहेको एक युवती माथि सौन्दर्य प्रतियोगिताको क्रममा आफु माथि भएको करणीको भिडियोलाई लिएर नेपाल प्रहरीले यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

आज नेपाल प्रहरी प्रधान कार्यालयद्धारा जारी बिज्ञप्तिमा यो बिषय एकदमै गंभीर र संबेदनशील रहेको जनाइएको छ । प्रहरी बरिष्ठ उपरिक्षक बिष्णु कुमार केसीद्धारा जारी गरिएको बिज्ञप्तिमा यस घटनालाई लिएर पीडित र अभिभावकको सम्पर्कमा रहेर आवश्यक परामर्श गरिरहेको साथै पीडित युवती र करणी गरिएको भन्ने बिषयमा आवश्यक जानकारी लिने तथा अनुषन्धान गर्ने कार्य भईरहेको उल्लेख गरिएको छ ।

घटनाका सम्बन्धमा आवश्यक अनुषन्धान तथा छानबिन गरी सत्य तथ्य पत्ता लगाई कानुन बमोजिम कारबाही गर्न काठमाण्डौ उपत्यका अपराध अनुषन्धान कार्यालयका प्रहरी बरिष्ठ उपरिक्षक बसन्त बहादुर कुँवरको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिती समेत गठन गरिएको बिज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर