राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली – OSNepal

राजस्थान प्लेअफ पुग्ने तेस्रो टोली

Osnepal May 21, 2022 0

काठमाडौ,७ जेठ :

चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा प्रवेश गरेको छ ।

शुक्रबार राति चेन्नईले दिएको १५१ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍ये । राजस्थानको जितमा यासभी जैसवालले सर्वाधिक ५९ रन बनाए । चेन्नईका प्रशान्त सोलान्कीले २ विकेट लिए ।

यसअघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १५० रन जोड्यो । चेन्नईका मोइन अलिले सर्वाधिक ९३ रनको इनिङ खेले । राजस्थानका युजभेन्द्र चाहल र ओबेड म्याककोएले समान २ विकेट लिए ।

जितसँगै राजस्थान १४ खेलबाट १८ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । चेन्नई १४ खेलबाट ८ अंक जोडेर नवौं स्थानमा छ । यस अघि प्लेअफमा लखनउ सुपर जायन्ट र गुजरात टाइटन्स पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर