यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई – OSNepal

यु–१४ लिटल स्टार लिग क्रिकेटको उपाधि बुटवल टाइगर्सलाई

Osnepal May 21, 2022 0

भैरहवा, ७ जेठ :

मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ । मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाईनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो ।

प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट पुरस्कृत भए ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै पुरै २५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य तयार गरेको थियो । बुटवलका लक्ष्मण कुमालले ४०, विशेष भाटले ३७, सुभम खनालले २३ रनको योगदान दिएका थिए ।

सैनामैनाका युवराज खत्रीले ५ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सैनामैना १८।५ ओभरमा सबै विकेट गुमाएर १ सय १० मा समेटियो । सैनामैनाका ब्याट्सम्यानहरु युवराज खत्रीले ३३ तथा रहित विश्वकर्माले २२ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन ।

कम स्कोरमा रोक्न बुटवलका लक्ष्मण कुमालले ३।५ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ तथा सुभम खनालले ५ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार बितरण गरिएको छ । रुपन्देहीका करीब एक सय खेलाडीहरुलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट बिभाग प्रमुख शक्ति गौचनले बताए ।

Leave a Reply

Your email address will not be published.

भर्खर