नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनहादुर बस्नेत र उपमेयरमा एमालेकी शुशीला अधिकारी विजयी — OSNepal

नागार्जुन नगरपालिकाको मेयरमा कांग्रेसका मोहनहादुर बस्नेत र उपमेयरमा एमालेकी शुशीला अधिकारी विजयी

LC (KTM) May 21, 2022 0

काठमाडौ ७ जेठ । काठमाडौं नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेस विजयी भएको छ । उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार बनेका मोहनहादुर बस्नेत १० हजार १८६ मत सहित विजयी भएका हुन् । उनले एमालेका नन्दनहरि गौतमलाई हराएका हुन् । गौतमले ८ हजार ३६८ मत पाएका छन् ।

त्यसै गरी, उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शुशीला अधिकारी ९ हजार ४७४सहित विजयी भएकी हुन् । उनले प्रतिस्पर्धी राप्रपाकी कल्पना नेपालीलाई हराएकी हुन् । नेपालीले २ हजार ७५३ मत पाएर पराजय भएकी हुन् ।

विजयी बनेका मोहनहादुर बस्नेत , शुशीला अधिकारी निर्वतमान उक्त पालिकाका मेयर र उपमेयर हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर