स्थानीय निर्वाचनमा गठवन्धन सफल भयो अब यस लाई प्रदेश र संघीय चुनाव सम्मै लैजान्छौं : प्रचण्ड — OSNepal

स्थानीय निर्वाचनमा गठवन्धन सफल भयो अब यस लाई प्रदेश र संघीय चुनाव सम्मै लैजान्छौं : प्रचण्ड

LC (KTM) May 21, 2022 0

काठमाडौं ७ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा गठवन्धन सफल भएको बताएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा मेयरमा विजयी भएका जनप्रतिनिधिलाई बधाई दिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्ड वि नवास खुमलटारमा विजयी भएका जनप्रतिनिधिलाई बधाई दिँदै उनले अब यो गठवनधन प्रदेश र संघीय चुनावसम्मै लैजाने खुलासा गरेका छन् ।

‘मूलभूत रुपमा गठबन्धन सफल भएको हो । हामी यो गठबन्धनलाई आउने प्रदेश र संघीय निर्वाचन र त्यसपछि देशको विकास र समृद्धिको यात्रामा पनि लिएर जाने संकल्प हो । यसमा हामी गठबन्धनका दलहरु दृढ छौं,’ प्रचण्डले भने ।

विकास निर्माण, शिक्षा स्वास्थ्य रोजगारी, सफाइ सूचनालगायतका काम कारबाहीको प्रभाव सिंगै भक्तपुर, उपत्यका र देशैभरि पनि सन्देश दिने स्थानमा निर्वाचित भएको बताएका प्रचण्डले मध्यपुर थिमीमा निर्वाचित जनप्रतिनिधिबाट राम्रो काम भए एकाधिकार भएर बस्नेहरुलाई पनि भोलिका दिनमा चुनौती दिन सकिने बताएका छन् ।

कांग्रेस र माओवादीले गठवन्धन गरेको भक्तपुरमा नगरपालिकाको प्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर