पोखरामा धनराजलाई ३३ सय मतको अग्रता, थोरैले पछि परिन् उपमेयरमा कांग्रेसकी कोपिला — OSNepal

पोखरामा धनराजलाई ३३ सय मतको अग्रता, थोरैले पछि परिन् उपमेयरमा कांग्रेसकी कोपिला

LC (KTM) May 21, 2022 0

पोखरा-पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ३४ हजार मत कटाएका छन्। प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्ण थापालाई ३३८७ मतान्तरले पछि पार्दै उनले ३४ हजार ३३६ मत पाएका हुन्।८५ हजार १५७ मत गणना गर्दा आचार्यले ३४ हजार ३३६ मत पाएका हुन्।

कृष्ण थापाले ३० हजार ९४९ मत प्राप्त गरे।का छन् भने तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का उम्मेदवार शंकर खरालले ३८३५ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवारी दिएर लौरो चिन्हबाट चुनाव लडेका खडकराज पौडेल (गनेस)ले २३३५ मत प्राप्त गरेका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३४ हजार ८४७ मत प्राप्त गरेकी छन्। राप्रपाकी रन्जनाकुमारी सेन पौडेलले ३७३६ मत प्राप्त गरिन्।एमालेकी मञ्जुदेवी गुरूङले अग्रता लिएकी छन्। उनले ३५ हजार ३१२ मत प्राप्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर