रामकुमारी झाँक्रीले भनिन् 'बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन' — OSNepal

रामकुमारी झाँक्रीले भनिन् ‘बालेन साहले जनताको मन जितेको भन्न मिल्दैन’

LC (KTM) May 21, 2022 0

काठमाडौं-शहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले बालेन साहले ल्याएको मतले जनताको मन जितेको भन्न नमिल्ने बताएकी छन् ।काठमाडौं महानगरबाट स्वतन्त्र उम्मेदवार बालेन साहले ल्याएको भोट लाई ‘नो भोट’ को रूपमा व्याख्या गरेकी उनले साहले जनताको मन जितेको भन्न नमिल्ने बताएकी हुन् ।

हाम्रो कानूनले चुनावमा यो वा त्यो दललाई भोट हाल्नैपर्ने बाध्यता बनाएको छ । नो भोटको व्यवस्था छैन । बालेन साहले पाएको भोट नै नो भोट हो । तिमीहरूको दल र तिमीहरूको उम्मेदवारभन्दा बाहिर मत हाल्छु भनेको हो । नो भोटको अप्सन भएको भए यो परिणाम त्यता आउन सक्थ्यो ।’ उनले भनिन् । मतदानले दलहरूलाई सच्चिने मौका दिएको समेत उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर