काठमाडौं ११ मा सिर्जनाको अग्रता, पछि पछि बालेन् — OSNepal

काठमाडौं ११ मा सिर्जनाको अग्रता, पछि पछि बालेन्

LC (KTM) May 21, 2022 0

काठमाडौँ-काठमाडौं महानगरपालिकाका वडा नं। ११ मा पाँच दलीय गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छिन्। ३ सय मत गनिसकेको अवस्थामा सिर्जना सिंहले ९८ मत प्राप्त गरेकी छन्। त्यस्तै सिंहलाई स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले पछ्याएका छन्।

उनले ६९ मत प्राप्त गरेका छन्। त्यस्तै, एमाले उम्मेदवार केशव स्थापित ५५ मत ल्याएर तेस्रो स्थानमा छन्।अहिलेसम्म काठमाडौंका १, २, ३, ४, ५, २८, २९, ३० र ३२ नम्बर वडाको गणना सम्पन्न भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर