श्रीलंकामा संकटकाल हट्यो — OSNepal

श्रीलंकामा संकटकाल हट्यो

LC (KTM) May 21, 2022 0

कोलम्बो–आर्थिक र राजनीतिक संकट सामना गरिरहेको श्रीलंकामा संकटकाल हटाइएको छ । झण्डै दुई सातापछि संकटकाल हटाएको हो ।

सरकारविरोधी प्रदर्शनबीच श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले ६ मेमा मध्यरातदेखि लागू हुने गरी आपतकालको घोषणा गरेका थिए । राजापाक्षेले एक महिनामा दोस्रो पटक आपतकाल घोषणा गरेका थिए । शुक्रबार मध्यरातबाट लागू हुने गरी आपतकाल हटाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर