'बेबी डल’ गीत गाएर चर्चित बनेकी गायिका कनिकाले गरिन् दोस्रो विवाह — OSNepal

‘बेबी डल’ गीत गाएर चर्चित बनेकी गायिका कनिकाले गरिन् दोस्रो विवाह

LC (KTM) May 21, 2022 0

काठमाडौँ- बलिउड गायिका कनिका कपुरले आफ्ना प्रेमी गौतमसँग विवाह गरेकी छन् । एनआरआई व्यापारी गौतमसँग उनले लगन गाठो कसेकी हुन् । गौतले लन्डनमा बिजनेस गर्छन् । कनिकाले गौतमसँग लन्डनमै विवाह गरेकी हुन् । जहाँ पारिवारिक उपस्थिति मात्र रहेको भारतिय मिडियाले जनाएका छन् ।

यो साता कनिकाको हल्दी, मेहन्दी लगायतका तस्वीरले सामाजिक सञ्जालमा चर्चा पाएको थियो । ‘बेबी डल’ गीत गाएर चर्चित बनेकी कनिका कपुरले एनआरआई राज चन्दोकसँग विवाह गरेकी थिइन् । यो विवाहबाट कनिकाका तीन सन्तान छन् । उनीहरूको नाम अयाना, समारा र युवराज हो ।

कनिकाको पहिलो विवाह उनी १८ वर्षको हुँदा भएको थियो । सन् २०१२ सम्म पहिलो श्रीमानसँगै बसेकी त्यसपछि सम्बन्धविच्छेद गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर