४ महिना लगाएर तयार पारिएको गाँउन लगाएर कान्स फिल्म फेस्टिभलमा मादकता देखाइन ऐश्वर्याले — OSNepal

४ महिना लगाएर तयार पारिएको गाँउन लगाएर कान्स फिल्म फेस्टिभलमा मादकता देखाइन ऐश्वर्याले

LC (KTM) May 21, 2022 0

काठमाडौं । विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा बलिउड नायिका ऐश्वर्याले लगाएको गाउनको अहिले चौतर्फी चर्चा चलेको छ । कान्सको तेस्रो दिन अभिनेत्री ऐश्वर्याले फेसन डिजाइनर गौरव गुप्ताको पिंक गाउन लगाएकी थिइन् जसमा उनी निकै सुन्दर देखिएकी थिइन् ।

CANNES, FRANCE – MAY 19: Aishwarya Rai Bachchan attends the screening of “Armageddon Time” during the 75th annual Cannes film festival at Palais des Festivals on May 19, 2022 in Cannes, France. (Photo by Stephane Cardinale – Corbis/Corbis via Getty Images)

ऐश्वर्याको यो कस्ट्युम डिजाइन गर्न ३५ सय घण्टा जति समय लागेको बताइएको छ ।दिल्लीका यी डिजाइनरले तयार पारेको पहिरन हालैको म्युजिक भिडियोमा गायिका कार्डी बीले लगाएकी थिइन् । इटालीका कलाकार बोट्टीसेलीको चर्चित पेन्टिङबाट प्रभावित भएर बनाइएको यो पहिरन डिजाइन सकिने वित्तिकै कान्समा प्रस्तुत गरिएको बताइएको छ ।

दीपिका पादुकोण जुरीमा छिन् भने ऐश्वर्या राय, हिना खान, हेली शाह, नवाजुद्दिन सिद्दिकी, आर माधवनसहित अन्य भारतीय कलाकारले रेडकार्पेटमा छाए । अर्थात यो पटक पनि कान्समा बलिउडको दबदबा देखिएको छ । कान्समा पहिलो पटक नेपाली अभिनेत्री सुरक्षा पन्त समेत हिंडेकी थिइन् । सुरक्षा अहिले कान्समै छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर