'बहुमत हुँदाहुँदै दुवै पक्षको कारबाही विधानसम्मत भएन भनेर निर्वाचन आयोगले दिउँसै रात पार्न खोज्नुमा ओलीको सेटिङ छ' — OSNepal

‘बहुमत हुँदाहुँदै दुवै पक्षको कारबाही विधानसम्मत भएन भनेर निर्वाचन आयोगले दिउँसै रात पार्न खोज्नुमा ओलीको सेटिङ छ’

LC (KTM) June 14, 2021 0

काठमाडौं ३१ जेठ । अन्तत निवार्चन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुवै समूहले एकअर्कामाथि गरेको कारबाही अवैध भनी घोषित गरेको छ ।हिजो आइतबार आयोगले जसपालाई पुरानै पदाधिकारी र केन्द्रीय समिति कायम रहेको बताएका थियो । अध्यक्ष महन्थ ठाकुर सरकार पक्षमा जाँदा अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा उभिँदा फुटेको संघारमा पुगेको जसपालाई आयोगले दुवै पक्षले एकअर्कामाथि गरेको भनिएको कारबाही प्रक्रिया सम्मत र वैधानिक नभएको भन्दै खारेज गरेको हो ।

कारबाहीबारे जानकारीसहित राजनीतिक दलसम्बन्धी ऐन–२०७३ को दफा ५१ अनुसार आफूलाई पार्टीको वैधना दिन माग गर्दै दुवै पक्ष निर्वाचन आयोग पुगेको थियो ।दुवै पक्षले एक अर्कालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो । आयोगको निणर्यमा प्रधानमन्त्री केपी ओलीको सेटिङ रहेको भन्दै जसपा नेता राजेन्द्र श्रेष्ठले आफुहरुलाई आयोगको निर्णय मान्य नभएको बताएका थिए ।
‘कार्यकारिणी समितिमा स्पष्ट बहुमत हुँदाहुँदै दुवै पक्षको कारबाही विधानसम्मत भएन भनेर निर्वाचन आयोगले दिउँसै रात पार्न खोजेको छ’ श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर