अमिताभ बच्चन, शाहरुख र अजय देवगन विरुद्ध बिहारको अदालतमा मुद्धा दायर — OSNepal

अमिताभ बच्चन, शाहरुख र अजय देवगन विरुद्ध बिहारको अदालतमा मुद्धा दायर

LC (KTM) May 21, 2022 0

बलिउडका महानायक अमिताभ बच्चन, शाहरुख खान, अजय देवगन र रणवीर सिंह लगायतका केही बलिउड कलाकारहरू विरुद्ध बिहारको मुजफ्फरपुर अदालतमा याचिका दायर गरिएको छ । जसमा रणवीर सिंहको नाम पनि समावेश छ। यी स्टारहरूले गुटखा र सुर्तीजन्य पदार्थको प्रयोगलाई बढावा दिएको आरोप लगाउँदै यो याचिका दायर गरिएको हो । यो निवेदन एक सामाजिक कार्यकर्ताको हो ।

मुजफ्फरपुरको मुख्य न्यायिक मजिस्ट्रेटको अदालतमा तमन्नाह हाश्मीले दायर गरेको निवेदनमा स्टारहरुमाथि यी कलाकारहरूको सुर्तीजन्य पदार्थसँग सम्बन्धित विज्ञापनहरूले मानिसहरूलाई यी वस्तुहरू उपभोग गर्न र गम्भीर रोगहरूको शिकार बनाइदिएको आरोप लगाइएको छ। हाश्मी, जसले बारम्बार राजनीतिक दिग्गज र सेलिब्रेटीहरू विरुद्ध याचिका दायर गरेका छन्, गुटखा र पान मसाला विज्ञापनहरूमा देखा पर्न राजी भएर कलाकारहरूले आफ्नो सेलिब्रेटी भएको दुरुपयोग गरेको आरोप लगाएका छन्।

साथै, अदालतमा दायर गरेको निवेदनमा हाश्मीले यी स्टारहरु विरुद्ध भारतीय दण्ड संहिताको धारा ३११, ४२० र ४६७ र ४६८ अन्तर्गत एफआईआर दर्ता गरी चाँडोभन्दा चाँडो ठूलो कारबाही गर्न प्रहरीलाई निर्देशन दिन अपिल गरेका छन् । तमन्ना हाश्मीले यी सबै कलाकारले आफ्नो स्टारडमको दुरुपयोग गरेको आरोप लगाएका छन् । साथै उनले यो पनि भनेका छन्, ‘यस्ता कलाकारबाट देशका करोडौं जनता प्रभावित भइरहेका छन् । उनीहरुको भनाइमा आएर यी बेकारका कुराहरु खाइरहेका छन् । यी कलाकारहरु जनताको जिवनमा खेलवाड गरिरहेका छन् ।

उनले भने, ‘यी सबै बलिउडका चर्चित व्यक्तित्व हुन् । देशका सबै जनता उनीहरुलाई पछ्याउँछन्। उनीहरुबाट सिक्छन् । जसका कारण यस्ता विज्ञापन प्रवर्द्धन गरेर समाजमा गलत असर परिरहेको छ । बालबालिकाको मानसिकतामा पनि गलत असर परिरहेको छ । आफू गलत बाटोमा हिड्ने सोचमा उनीहरुले यो निवेदन दिएका हुन् । तमन्ना हाश्मीले अधिवक्ता मनोज कुमार सिंहमार्फत उजुरी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर