युक्रेनमा पश्चिमी हतियारको 'ठूलो' ढुवानी नष्ट गरेको रुसको दाबी — OSNepal

युक्रेनमा पश्चिमी हतियारको ‘ठूलो’ ढुवानी नष्ट गरेको रुसको दाबी

LC (KTM) May 21, 2022 0

मस्कोको सेनाले उत्तरपश्चिमी युक्रेनमा लामो दूरीका मिसाइलहरू सहित पश्चिमी-आपूर्ति गरिएका हतियारको ठूलो ढुवानी नष्ट गरेको रुसी रक्षा मन्त्रालयले शनिबार बताएको छ ।

संयुक्त राज्य अमेरिका र युरोपेली देशहरूबाट पठाइएका उच्च सटीक लामो दूरीका समुद्रमा-आधारित हतियार र सैन्य उपकरणहरूको ठूलो मात्रा ज़ाइटोमिर क्षेत्रको मालिन रेलवे स्टेशन नजिकै नष्ट गरिएको मन्त्रालयले पुष्टि गरेको छ ।

दक्षिण कोरियाली राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्री नियुक्त

त्यस्तै सोल दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति युन सुक योलले शनिबार नयाँ प्रधानमन्त्री नियुक्त गर्नु भएको छ ।

उहाँले पूर्व प्रधानमन्त्री समेत रहनु भएका हान डक सुलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

उहाँले आफूले भने यही मे १० मा सपथ लिनु भएको थियो । नवनियुक्त प्रधानमन्त्री सु यसअघि सन् २००७ देखि २००८ सम्म पनि प्रधानमन्त्री हुनुभएको थियो ।

उहाँले सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि दक्षिण कोरियाको राजदूत भएर काम गर्नुभएको थियो ।

त्यसैगरी सन् २०१२ देखि २०१५ सम्म उहाँले कोरिया अन्तर्राष्ट्रिय व्यापार संघको अध्यक्षको रुपमा पनि उहाँले काम गर्नु भएको थियो ।

प्रधानमन्त्री सुको जन्म ७२ वर्ष अगाडि दक्षिण कोरियाकै जेओन्जु सीमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर