आठ बर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई करणी गर्ने मनोज पाण्डे पक्राउ – OSNepal

आठ बर्ष अघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई करणी गर्ने मनोज पाण्डे पक्राउ

Loknath Rijal (Jhapa) May 21, 2022 0

सौन्दर्य प्रतियोगिताको नाममा एक किशोरीलाई करणी गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । उनले आठ बर्ष अघि एक किशोरीलाई जबरजस्ती करणी गरेको ति किशोरीले सामाजिक सञ्जाल मार्फत केही दिन अघि खुलासा गरेकी थिईन् । त्यतिबेलाको सौन्दर्य प्रतियोगिताको कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

सौन्दर्य प्रतियोगीतामा आफु बलात्कृत भएको कुरा बाहिर ल्याउने किशोरीको भिडियोहरु केही दिन देखी समाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनले आठ वर्षअघि भएको सौन्दर्य प्रतियोगितामा सहभागी हुदा आफु लाई आयोजककै मान्छेले ६ महिना सम्म पटक पटक बलात्कार गरेको बताएकी थिईन् । यो बिषयलाई लिएर पुर्वमिस नेपाल माल्भिका सुब्बाले पनि आफ्नो गल्ती स्वीकार गरेकी छिन् ।

ति किशोरीले आफु बलात्कृत भएको घटना पुर्वमिस नेपाल सुब्बालाई जानकारी गराए पनि उनले बेवास्ता गरेकी थिईन् । अब सामाजिक सञ्जाल मार्फत यो बिषयमा गंभीर प्रश्नहरु उठ्न थालेपछि किशोरीमाथि भएको जबरजस्ती करणीको छानविन गर्न छानविन समिति गठन भएको छ । यस घटनाको बिषयमा गृह मन्त्रालयले छानविन समिति गठन गर्न निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published.

भर्खर