आज र भोली ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै — OSNepal

आज र भोली ६० र ६१ वर्षकालाई कोरोनाविरुद्धको खोप लगाइँदै

LC (KTM) June 14, 2021 0

काठमाण्डौ- काठमाण्डौ महानगरपालिकामा रोकिएको कोरोनाविरुद्धको खोप कार्यक्रम आजदेखि फेरि सुरु हुँदैछ । आज र भोलि ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ ।

यसअघि गएको २५ र २६ गते ६२, ६३ र ६४ वर्षका नागरिकलाई खोप लगाएपछि अभाव भएको भन्दै महानगरपालिकाले रोकेको थियो । वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीरेन्द्र सैनिक अस्पताल र सिभिल अस्पतालमा गएर खोप लगाउन सकिनेछ ।

यसअघि वडा(वडामा दिइएको खोप अब भने चार वटा अस्पतालबाट मात्रै दिइने छ ।आज र भोलि ६० र ६१ वर्षका नागरिक, यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका व्यक्ति, र स्वास्थ्यकर्मीलाई खोप दिइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर