पुर्व क्रिकेटर तथा कपिल शर्मा शो का नवजोतसिंह सिद्धु १ बर्षका लागि जेल चलान — OSNepal

पुर्व क्रिकेटर तथा कपिल शर्मा शो का नवजोतसिंह सिद्धु १ बर्षका लागि जेल चलान

LC (KTM) May 21, 2022 0

३४ वर्षको एक घटनाका कारण पूर्व क्रिकेट खेलाडी तथा राजनीतिज्ञ नवजोतसिंह सिद्धु जेल गएका छन् । केही समय उनी चर्चित कमेडियन कपिल शर्मा शो को बिशेष गेस्ट समेत बनेर बसेका थिए । सन् १९८८ डिसेम्बर २७ का दिन गाडी पार्किङ गर्ने निहुँमा सिद्धुको झगडाका कारण एक ब्यक्तिको मृत्यु भएको घटनालाई लिएर उनी जेल चलान भएका हुन् । उनको त्यतिबेला गुरनाम सिंह सँग पार्किङको बिषयलाई लिएर झगडा भएको थियो। सो झगडामा घाईते भएका ६५ बर्षिय गुरनाम सिंहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।

त्यतिबेला सिद्धुले उन्मुक्ति त पाए तर उच्च न्यायलयले यहि केसमा अर्काे फैसला गर्दै उनलाई जेल चलान गरेको हो । त्यसबेला जिल्ला अदालतले उनलाई गैर नियतवश भएको हत्या भन्दै निर्दोष ठहर गरेको थियो । तर, उच्च न्यायालयले उनलाई दोषी ठहर्‍याएर तीन वर्षको जेल सजाय सुनाएको थियो । सर्वोच्वले सन् २०१८ मा सिद्धुलाई निर्दोष सावित गरेको थियो ।

तर, पीडित परिवारले यस विरुद्ध फेरी अपील दायर गरेपछि अन्ततः सिद्धुलाई दोषी ठहर्‍याउँदै एक वर्षको जेल सजाय सुनाइएको हो । हाल उनी कैदी नम्बर २४१३८३ बनेर जेलमा दिन कटाई रहेका छन् । उनले शुक्रबार साँझ पाटियाला सेन्टर जेल सेशन कोर्टमा आत्मसमर्पण गरेका थिए । त्यहाँ स्वास्थ्य जाँच गरेपछि उनलाई जेल पठाइएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर