पार्टीको चुनाव चिन्ह पाएर पनि मेयरमा स्वतन्त्र लडेको हुँ : नृपबहादुर वड — OSNepal

पार्टीको चुनाव चिन्ह पाएर पनि मेयरमा स्वतन्त्र लडेको हुँ : नृपबहादुर वड

LC (KTM) May 22, 2022 0

धनगढी ८ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा पराजित भएका नेपाली कांग्रेसका नृपबहादुर वडले आफ्नै पार्टीको असहयोगका कारण पराजय हुनु परेको बताएका छन् ।

मेयरमा विजयी भएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई बधाई तथा शुभकामना दिन उपमहानगरपालिका कार्यालय पुगेका वडले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

गठवन्धनको साझा उम्मेदवार वडले आफुले पार्टीको चुनाव चिन्ह पाएर पनि मेयरमा स्वतन्त्र लडेको बताएका छन् ।

‘यहाँ नामको मात्र गठबन्धन भएको थियो। मेरो पार्टीको चुनाव चिन्ह पाएपनि म यसपटक मेयरमा स्वतन्त्र लडेको हुँ,’ उनले भने ।

नवनिर्वाचित मेयर हमालले आफ्ना राम्रा कामलाई निरन्तर दिनहुने विश्वास आफुलाई भएको बताएका उनले आफुले पुर्ण सहयोग गर्ने बताएका छन् ।

गएको निर्वाचनमा मयेरमा निर्वाचित भएका वड यस पटक स्वतन्त्र उम्मेदवार हमालसँग करिब दोब्बर मतले अगाडी पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर