ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए : बाबुराम — OSNepal

ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए : बाबुराम

LC (KTM) June 14, 2021 0

काठमाडौं ३० जेठ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुँदै गएको बताएका छन् । हिजो निवार्चन आयोगल जसपाका दुवै दुवै समूहले एकअर्कामाथि गरेको कारबाही अवैध भनी घोषित गरेको गरेपश्चात आयोगको निणर्य प्रति अशन्तुष्टि जनाउँदै नेता भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।

निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेको नेता भट्टराईले ट्वीटर मार्फत आलोचना गरेका हुन् । प्रधानमन्त्री केपी ओलीतिर संकते गर्दै भट्टराईले ओलीको प्रतिगमनको रथ त्यत्तिकै रोकिने छाँटकाँट नभएको पनि बताएका छन् ।

उनले लेखेका छन्-“ओलीतन्त्रमा संविधान,लोकतन्त्र संगसंगै राजनीतिक दलहरू पनि समाप्त हुने भए।निरंकुश शासकको छायामुनि टाक्सिएको निर्वाचन आयोगले नेकपापछि जसपालाई पनि’हात्ती र हात्तीछाप चप्पल उस्तैउस्तै हो’भन्ने सिद्धान्तको प्रयोग गरेर नष्ट गर्ने प्रयास गरेछ।प्रतिगमनको रथ त्यतिकै रोकिने छॉटकॉट छैन है!”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर