आईपीएलमा आज प्रतिष्ठाको लडाई लड्दै हैदराबाद र पन्जाब — OSNepal

आईपीएलमा आज प्रतिष्ठाको लडाई लड्दै हैदराबाद र पन्जाब

LC (KTM) May 22, 2022 0

आज इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा सिजनको अन्तिम लिग खेल हुदैछ । आजको खेलमा सनराईजर्स हैदरावाद र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुबै टोली मुम्बईमा हुने खेल राति पौने ८ बजे आपसमा भिड्न लागेका हुन् । आजको यस खेल दुबै टोलीका लागि प्रतिष्ठाको खेल रहेको छ ।

आज दुबै टोली जित निकाल्दै सिजनको सुखद अन्त्य गर्न चाहन्छन् । दुबै टोलीको प्ले अफ सम्भावना सकिएकोले यो खेल प्रतिष्ठाको खेल मात्र हुनेछ । हैदरावाद १३ खेलमा १२ अंक जोडेर आठौं स्थानमा रहेको छ । पन्जाब १३ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर