पर्सिजा बाट रोहित चन्दको बिदाई , पर्सिजाले दियो रोहितलाई हिमालय टाईगरको उपाधी — OSNepal

पर्सिजा बाट रोहित चन्दको बिदाई , पर्सिजाले दियो रोहितलाई हिमालय टाईगरको उपाधी

LC (KTM) May 22, 2022 0

नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले अब इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा बाट खेल नखेल्ने भएका छन् । उनले पर्सिजा अब छोडेका छन्। पर्सिजाले एक भिडियो सन्देश जारी गर्दै चन्दलाई बिदा दिईएको जनाएको छ । पर्सिजामा रहँदा रोहितले निक्कै उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । उनले लिगको उपाधी समेत दिलाएका थिए । त्यसै कारण पनि पर्सिजाले रोहितलाई हिमालय टाइगरको संज्ञा दिएको छ।

रोहितले पनि खेल जिवनमा इन्डोनेसियाको यात्रा निकै उत्कृष्ट र संझन लायक रहेको बताएका छन्।उनले भनेका छन् ‘युवा अवस्थामै जकार्तासँग जोडिँदा क्लबले मलाई राम्रो खेलाडीमात्र नभइ एक असल मानिस पनि बनायो। मेरो करियरका सफलता र असफलता दुवै क्षणमा क्लबले ममाथि पूर्ण विश्वास र साथ दियो। जाकर्ताबाट खेल्नु मेरो लागि निकै सम्मानको कुरा हो र क्लबको उपाधि यात्रामा सहयोग पुर्‍याउन पाउनु असाधारण अनुभव थियो ।’

सन् २०१७ मा दोस्रो पटक जाकर्तासँग जोडिएका रोहितले १९ खेल खेल्दा १० गोल र आठ असिस्ट गरेका छन्। यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जितेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर