पेट्रोलियम पदार्थको कारोबार प्रतिस्पर्धी बनाउन निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिनु पर्छ : आपूर्ति मन्त्री बडू — OSNepal

पेट्रोलियम पदार्थको कारोबार प्रतिस्पर्धी बनाउन निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिनु पर्छ : आपूर्ति मन्त्री बडू

LC (KTM) May 22, 2022 0

काठमाडौं ८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको बिक्री वितरण निजी क्षेत्रलाई पनि दिनुपर्छ भन्ने कुरा उठिरहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले यस विषयमा छलफल भएको जानकारी गराएका हुन् ।

पेट्रोलियम पदार्थको कारोबार प्रतिस्पर्धी बनाउन निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिनुपर्ने विषयमा छलफल भएको बताएका उनले भने,’पेट्रोलियम पदार्थको बिक्री वितरण निजी क्षेत्रलाई पनि दिनुपर्छ भन्ने कुरा उठिरहेको छ । प्रतिस्पर्धा गराउनुपर्ने हो कि ! नेपाल आयल निगमलाई पनि मूल्यमा प्रतिस्पर्धी बनाउनुपर्ने विषय आएको छ’ ।

इन्धन जतिमा किन्छौँ त्यतिमा नै बेच्नुपर्ने विषयमा जोड दिएका उनले आयातित वस्तुमा सहुलियत दिन सकेसम्म रोक्नु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर