मेयरमा बालेनको अग्रता कायमै , बालेनको भन्दा लोकप्रिय मत उपमेयर सुनिता डंगोललाई — OSNepal

मेयरमा बालेनको अग्रता कायमै , बालेनको भन्दा लोकप्रिय मत उपमेयर सुनिता डंगोललाई

LC (KTM) May 22, 2022 0

काठमाडौं महानगरको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । अहिले सम्म काठमाण्डौको १ लाख १८ हजार २४० मत गन्ने काम सम्पन्न भईसकेको छ । काठमाडौंको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता भने बढि नै रहेको छ । पछिल्लो मत परिणाम अनुसार बालेनले ४१ हजार ७६७ मत ल्याएर अग्रस्थानमा रहेका छन् । उनको अहिले निकट्तम प्रतिद्धन्दीको रुपमा नेपाली काँग्रेकी सिर्जना सिंह रहेकि छिन् ।

सिंहले एमालेका उम्मेदवार केशव स्थापितलाई १ हजारभन्दा बढीले उछिनेकि छिन् । सिंह पनि बालेनभन्दा १७ हजारभन्दा बढी मतले पछि परेकि छिन् । सिंहले २४ हजार ३७५ मत पाएकी छन् । यस्तै एमालेका उम्मेदवार केशव स्थापितले २३ हजार ३५४ मत पाएका छन् । उता काठमाडौंको उपमेयरमा भने एमालेकी सुनिता डंगोलले बालेनको भन्दा लोकप्रिय मत ल्याएर अघि बढिरहेकी छिन् ।

बालेन भन्दा उनले ७२७ मत बढी ल्याएकी छिन् । उनले अहिले ४२ हजार ४९४ मतसहित अग्रता हाँसिल गरिरहेकी छिन् । उनलाई नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १४ हजार ९२२ मतका साथ पछ्याइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर