भरतपुरमा रेनु दाहाललाई ८ हजार ८८२ मतको अग्रता — OSNepal

भरतपुरमा रेनु दाहाललाई ८ हजार ८८२ मतको अग्रता

LC (KTM) May 22, 2022 0

चितवनको भरतपुर महानगरके पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । मेयर पदमा उम्मेदवारी दिएकी रेनु दाहालले आफ्नो अग्रतालाई बढाई रहेकी छिन् । पछिल्लो मतपरिणाम अनुसार उनले ३९ हजार ८०८ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा नेकपा एमालेका विजय सुवेदी भने निक्कै तल छोडिएका छन् । उनले ३० हजार ९२६ मत प्राप्त गरेका छन् ।

रेनु दाहालले बिजय सुबेदी भन्दा ८ हजार ८८२ मत बढी ल्याएर लिड गरिरहेकी छिन् । त्यस्तै तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १२ हजार ९०५ मत प्राप्त गरेका छन् । त्यस्तै, उपमेयरतर्फ नेपाली काग्रेंसका चित्रसेन अधिकारीले ४२ हजार ७४ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङले २४ हजार ४८४ मत प्राप्त गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर