इलामेली नवनिर्वाचित जनप्रतिनिधिलाई पुर्वप्रधानमन्त्री खनालले दिए बधाई – OSNepal

इलामेली नवनिर्वाचित जनप्रतिनिधिलाई पुर्वप्रधानमन्त्री खनालले दिए बधाई

Loknath Rijal (Jhapa) May 22, 2022 0

नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामका सबै निर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका छन् । खनालले एक विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचनमा जिल्लाका १० वटै पालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिएका हुन् । उनले स्थानीय जनताको समस्यालाई दृष्टिगत गर्दै समग्र इलामको दिगो बिकासमा लागि पर्न आग्रह गरेका छन् ।

बिकेन्द्रीकरणको सिद्धान्तलाई ख्याल गर्दै स्थानीय जनताका समस्या स्थानीय तहबाटै छिटोछरितो समाधान गर्न स्थानीय तहको सरकार क्रियाशील रहने विश्वास ब्यक्त गरेका छन् । उनले बिज्ञप्तिमा भनेका छन् “लोकतन्त्रका उपलब्धीलाई तल्लो तहसम्म पु¥याउन तथा स्थानीय विकासलाई अगाडि बढाउन र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्न सहयोग पुग्ने छ । ”

Leave a Reply

Your email address will not be published.

भर्खर